

कति जल्नु हुन्छ अर्काको प्रगति बाट
रोकिएला रक्तसञ्चार धमनी बाट
जवानी फर्केर आउन्न कसैको पनि
एक बार तर्किएपछी जिन्दगी बाट
जति मलाई शब्दले दिएको छ शान्ति
त्यति संभव छैन कुनै औषधि बाट
मेरो समर्थक अर्काको पक्षमा बोल्यो
अब के आशा राखौं त्यो मतलबी बाट
खबर सुनाइदिनु आमा खुसी हुनेछिन्
छोरो छुटेर आउँदैछ बन्दकी बाट
नारायण न्यौपाने निर्दोश
पाल्पा नेपाल
हाल साउदी अरेबिया

