२०८३ बैशाख ५, शनिबार
 

अफगानिस्तानमा गयो ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

prabhu bank home loan

एजेन्सी – अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । आज (बुधबार) बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।

दक्षिण पूर्वी अफगानिस्तानको खोस्ट शहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक आइसकेको छैन ।afभूकम्प इस्लामबाद र देशका अन्य भागमा महसुस गरिएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको प्राप्त विवरणमा जनाइएको छ । भूकम्पको धक्कापछि मानिसहरु चिच्याउँदै घरबाहिर निस्केका थिए । तर, क्षतिको विवरण सार्वजनिक भएको छैन् । भूकम्प भारतका केही भूभागमा महसुस गरिएको युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) ले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

15 + eleven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने