२०८३ असार ६, शनिबार
 

काबुलमा विस्फोट : ६ जनाकाे ज्यान गयाे, केही घाइते

prabhu bank home loan

एजेन्सी – अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरूले दुई वटा बम विस्फाेट गराएका छन् । घटनामा कम्तीमा ६ जनाको ज्यान गएकाे र अरू केही घाइते भएका अधिकारीहरूले आज मङ्गलवार जानकारी दिएका समाचार संस्था एएनआईले जनाएकाे छ ।

 

काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटका घटनामध्ये पहिलो विस्फोट मुम्ताज विद्यालयमा भएको हो । त्यसैगरी दोस्रो विस्फोट भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो ।

 

दुवै विस्फोटका घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने