

एजेन्सी,
भारतको मध्येप्रदेश अन्तर्गतको सिधी जिल्लामा भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २० पुरुष, १६ महिला र एक जना ४ वर्षका बच्चा भएको सरकारी अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।
उक्त घटनामा ७ जनाको भने जीवितै उद्दार गरिएको स्थानीय प्रशासनले जनाएको छ । दुर्घटना भएको बसमा सवार यात्रुहरुको सँख्या एकीन भइसकेको छैन । सिधी जिल्लाबाट सतना जिल्लाका लागि छुटेको बस मँगलबार (आज) विहान करीब साँढे ७ बजेतिर दुर्घटना भएको बताइएको छ ।
बस नियन्त्रण गुमाएर नहरमा खसेको हुन सक्ने आँकलन गरिएको छ । प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले उद्धारकार्य जारी रहेको बताउनुभएको छ ।

