२०८३ असार ८, सोमवार
 

नेपाल राष्ट्र बैंकका कर्मचारी लुडो खेलेर समय बिताउँदै 

prabhu bank home loan

काठमाडौं – नेपाल राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार हो । यस कार्यालयका कर्मचारीहरु कार्यालय समयमा लुडो खेलेर समय पास गर्छन भन्दा धेरैलाई असत्य लाग्न सक्छ । तर यो घटना भने सत्य हो । कर्मचारीहरु कार्यालय हाताभित्रै लुडो खेलेरै समय पास गर्ने गर्छन् ।

त्यस कार्यालयमा कामका सिलसिलमा गएका प्रत्यक्षदर्शी सेवा ग्राहीले दिएको सूचनाको आधारमा यो तत्थ्य बाहिर आएको छ । माघ ९ गते सोमबार दिउसो सेवा ग्राही त्यस कार्यालयको दर्ता चलानी शाखामा कामले जाँदा दर्ता चलानीको कार्यालय भित्र नै ५/६ जना कर्मचारी मोवाइलमा लुडो खेलीरहेका थिए ।ति सेवाग्राही पुन माघ १० गते मंगलबार बिहान कार्यालय समयमा  त्यहि कार्यालय पुग्दा पनि कर्मचारीहरु लुडो नै खेलिरहेका थिए। प्रत्यक्षदर्शीका अनुसार ठूलै होहल्ला गर्दै मोवाइलमा लुडो खेलीरहेका कर्मचारीहरु मध्ये २/३ जनाले ढाकाको टोपी पनि लगाएका थिए ।

देशको राष्ट्रिय टोपी लगाएर देश प्रेमको उदाहरण दिए पनि उनीहरले गरेको गलत कार्यले भने राष्ट्रिय टोपीको नै अपमान  भएको ती प्रत्यक्षदर्शीले हामीसँगको कुराकानीमा बताए ।

कार्यालय समयमा कार्यालयभित्र लुडो खेल्न नेपाल राष्ट्र बैंकले कर्मचारीलाई छुट दिएको हो ? भन्ने हाम्रो जिज्ञासालाई हामीले बैंकका प्रवक्ता गुणाकर भट्ट समक्ष राख्न उनको मोवाइल नं. ९८५११६४२०० मा सम्पर्क गरेका थियौ । उनले हाम्रो संचार गृहको फोन नम्बर ब्लक गरेका रहेछन् ।

हामीले  सह प्रवक्ता तथा सूचना अधिकारी नारायण प्रसाद पोखरेलको मोवाइल नं. ९८५१०९१७२९ मा सम्पर्क गरेका थियौ । उनले पनि हाम्रो संचार गृहको मोवाइल न. ब्लक गरेका रहेछन् ।

उक्त जिज्ञासा राख्न हामीले बैंक सुपरीवेक्षण विभाग हेर्ने डेपुटी गभर्नर बम बहादुर मिश्रको मोवाइल नं. ९८५१०७९७९३ मा सम्पर्क गरेका थियौ । उनले पनि हाम्रो संचार गृहको मोवाइल नं. ब्लक गरेका रहेछन् ।

नेपाल राष्ट्र बैकका अधिकार प्राप्त व्यक्तिले संचार गृहको फोन नम्बर ब्लक गरी सर्वसाधारणको सुशुचित हुन पाउने अधिकार प्रति लात्ती हान्ने काम गरेका छन् । जनताको सुशुचित हुन पाउने मौलिक हकलाई सम्मान गर्न हामी सम्बन्धित निकायसँग अनुरोध गर्दछौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने