२०८३ असार ८, सोमवार
 

पुष २६ गते संसद्मा विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

prabhu bank home loan

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले यही पुष २६ गते संसद्मा विश्वासको मत लिँदैछन् र त्यसको लागि उनले सत्ता गठबन्धनका दलका नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् । प्रधानमन्त्री दाहालले २६ पुषमा संसद्मा विश्वासको मत लिँदा नेपाली कांग्रेसको पनि समर्थन खोज्ने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा र पहलकदमीमा नै दाहाल नेपालको ४४औं प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

मंसिर ४ गतेको निर्वाचनमा कांग्रेस गठबन्धनमा रहेका दाहाल नयाँ सरकार गठनसम्म आईपुग्दा भने एमाले गठबन्धनमा सामेल भएका छन् । प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री भएपछि कांग्रेस नेताहरुले भने उनले आफूहरुलाई धोका दिएको निश्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री दाहालनिकट उच्च स्रोतकाअनुसार उनले आज-भोलि नै कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत दिन आग्रह गर्ने भएका छन् । आजमात्रै देउवासँग जसपाका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

6 + 19 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने