२०८३ बैशाख ५, शनिबार
 

प्रहरीका सबै संगठन प्रविधिमैत्री बनाउन प्रधानमन्त्रीको निर्देशन

prabhu bank home loan

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन्। सोमबार ६७औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।

सूचना प्रविधिलाई समयानुकूल परिवर्तन गरी अघि बढ्न सके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने उनको भनाइ छ। उनले नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक र स्राेतसाधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताए। आगामी निर्वाचन शान्तिपूर्ण रूपमा गराउनेबारेमा नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै उनले ऐन, कानुनले दिएको अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्देशन दिए।

‘स्थानीय निर्वाचनमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य छ। आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न गराउनुहुनेछ भन्नेमा म विश्वस्त छु,’ प्रधानमन्त्री देउवाले भने। प्रहरी प्रशासनले हरेक समय नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेकामा पनि उनले प्रहरी प्रशासनलाई धन्यवाद व्यक्त गरे।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

6 + 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने