२०८३ बैशाख ५, शनिबार
 

कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न

prabhu bank home loan

काठमाडौं – कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाले ११औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सुदीपकुमार खनालको अध्यक्षता एवं काठमाण्डौ महानगरपालिका सहकारी विभागकी शाखा अधिकृत लिलादेवी अर्यालको प्रमुख आतिथ्यमा शनिबार सभा सम्पन्न भएको हो ।

सभामा संस्थाको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खनालले २५ जना सदस्यबाट २५ हजार रकम संकलन गरि शुरु गरिएको संस्थाले १२औं वर्षमा आइपुग्दा ६ करोड ३३ लाखको वासलात बनाउन सफल भएको बताए । विगत केहि वर्ष कोरोना महामारीले पारेको असर र त्यसपछिको विश्वव्यापी आर्थिक मन्दीले सहकारी क्षेत्रमा पारेको असरका वावजुद संस्थाले सन्तोषजनक कारोबार गरी लक्षित मुनाफा आर्जन गर्न सकेको उनले जानकारी दिए । संस्थाले आर्थिक वर्षको प्रारम्भमै विस्तृत समीक्षा, अध्ययन, छलफल गरी नीति, योजना तथा बजेट तर्जुमा गर्ने गरेको उनले जनाए । चालु आर्थिक वर्ष २०७९।०८०का लागि नीति तथा कार्यविधि निर्माण तथा अध्यावधिक गर्ने, मापदण्ड परिपालना, नवीनतम प्रविधिको प्रयोग, समिति तथा उपसमितिहरुको क्षमता विकास, तरलता व्यवस्थापन, सदस्य सन्तुष्टि सर्वेक्षण गर्ने जस्ता कार्यक्रम रहेको उनले जानकारी दिए ।

संस्थाको आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै कोषाध्यष कृष्ण प्रसाद गौतमले गत आर्थिक वर्ष २०७८।७९ सम्ममा संस्थाले १ करोड ३९ लाख शेयर पुँजी, ४ करोड ७ लाख ८९ हजार बचत संकलन गरी ४ करोड ९३ लाख ७७ हजार कर्जा लगानी गरेको जानकारी दिए । त्यस अवधिमा संस्थाले २३ लाख ३४ हजार बाँडफाँडयोग्य बचत गरेको छ । संस्थाले मासिक अनिवार्य बचतलाई विगत ३ वर्षदेखि विशेष प्राथमिकताका साथ अघि बढाएको र मासिक २००, ५००, १००० र २००० बचत गर्ने सदस्यको संख्या २६४ पुगेको उनले जानकारी दिए ।

लेखा सुपरीवेक्षण समितिका सदस्य नारायणप्रसाद भट्टराईले समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले ऋण लगानी सुरक्षण गर्न ठूलो लगानी गर्दा धितो मुल्यांकनको आवश्यक विधि प्रक्रिया अपनाउन सुझाव दिए । पर्ल्स मोनिटरिङ सिस्टम अनुसारका तरलता अनुपात लगायत संस्थाका अधिकांश सूचकहरु लक्ष्यअनुरुप र सन्तोषजनक रहेको उनले विवरण दिए ।

संस्थाका व्यवस्थापक खेलनाथ सिग्देलले सभा सञ्चालन गर्दै सदस्यहरूलाइ नियमित रूपमा संस्थासँग काराेबार गर्न र साधारण सभाका बेला मात्र नभएर अन्य समयमा समेत कार्यालय तथा कार्यक्रमहरू उपस्थित भएर संस्थासँग अन्तर्किया बढाउन आव्हान गरे ।

बचत तथा ऋण कारोबारका अलावा विभिन्न रेमिट्यान्स कम्पनीका सेवा प्रदान गर्दै आएको कुटुम्ब साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

10 − 8 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने