२०८३ बैशाख ५, शनिबार
 

सामान्य अङ्कले बढ्यो नेप्से परीसूचक

prabhu bank home loan

काठमाडाैं – पछिल्ला दुई दिन गिरावट भएको नेप्से परिसूचक बुधवार सामान्य अंकले बढेको छ । बुधवार नेप्से परिसूचक ११.३२ अंक बढेर १८६६.४८ बिन्दुमा पुगेको हो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४८ अंक, फ्लोट इण्डेक्स ०.८१ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंकले बढेको छ ।

बुधवार कारोबारमा आएका २२३ कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा बुधवार कारोबार रकममा पनि सामान्य सुधार भएको छ ।

बुधवार नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक २.६७ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक २.०९ प्रतिशत बढेको छ ।

बुधवार अभियान लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै,महुली लघुवित्त वित्तीय संस्था र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने एभरेष्ट बैंकको ऋणपत्रको मुल्य ९.८३ प्रतिशत घटेको छ ।

बुधवार नबिल बैंकको २ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fourteen − two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने