२०८३ बैशाख ५, शनिबार
 

दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित हुँदै

prabhu bank home loan

काठमाडौं – हिमाली जिल्ला मनाङको प्रदेशसभा (ख) बाट राजीव गुरुङउर्फ दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् । प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका मनाङे गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री हुन् ।

उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ताका लागि जिल्ला निर्वाचन कार्यालय मनाङमा निवेदन दिएका छन् । उम्मेदवारी फिर्ता लिन आज दिउँसो ३ बजेसम्मको समय छ ।

गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले जानकारी दिए ।

निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उम्मेदवारी फिर्ता भएको सूचना निकाल्नेछ । उम्मेदवारी फिर्ता भएको सूचना निकाल्नेसँगै मनाङे निर्विरोध निर्वाचित हुने छन् ।

उनको उम्मेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुने छन् । मनाङको प्रदेश सभा (ख) मा एमाले तथा सत्ता गठबन्धनका अरू दलले आफ्ना उम्मेदवारी उठाएका छैनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

16 + 10 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने