२०८३ असार ८, सोमवार
 

नेप्सेमा २७ अङ्कको गिरावट

prabhu bank home loan

काठमाडौं – दसैँपछि आइतबार खुलेको सेयर बजारमा ४४ अङ्कले वृद्धि भएको नेप्से दोस्रो दिन २७ अङ्कमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.१६ अङ्कले घट्दै १८७१.२२ अंकमा झरेको हो ।

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.३६ अङ्कले घट्दै ३६६.८४ अंकमा झर्न पुगेको छ । २७ अंकमाथिले घटेको बजारमा आज जम्मा ९७ करोड १७ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

आज म्युचुअल फन्ड बाहेकका १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको २.६५ प्रतिशतले घटेको छ भने फाइनान्स र हाइड्रोपावर समूहको उपसूचक क्रमशः २.३९ प्रतिशत र २.१५ प्रतिशतले घटेका छन् । अन्य समूहको उपसूचक भने २ प्रतिशतभन्दा कमले घटेका छन् । म्युचुअल फण्ड समूहको उपसूचक भने ०.८४ प्रतिशतले बढेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 − 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने