२०८३ बैशाख ८, मङ्लबार
 

मुख्यमन्त्री पाण्डेद्वारा ठुलोभर्याङ यातायात कार्यालय अनुगमन

prabhu bank home loan

काठमाडौ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजधानीस्थीत यातायात ब्यबस्था सेवा कार्यालय
ठुलोभर्याङमा अनुगमन गर्नुभएको छ ।

आज विहीवार बिहानै मुख्यमन्त्री पाण्डे, यातायात कार्यालयबाट हुने सेवा प्रवाहहरुको चुस्त दुरुस्त कामकाज भए नभएको अनुगमन गर्नाका लागि ठुलो भर्याङस्थित यातायात कार्यालय पुग्नुभएको हो । कार्यालय खुल्नु अगावै पाण्डे कार्यालय पुग्दा कार्यालय प्रमुख सन्जय थापा भने कार्यालयमै ब्यस्थ थिए ।

कार्यालयको अनुगमनमा आउनुभएका मुख्यमन्त्री पाण्डेलाइ कार्यालय प्रमुख थापाले कार्यालयवाट हुने सेवाप्रवाहको बारेमा ब्रीफिङ गराएका थिए ।

त्यस्तै मुख्यमन्त्री पाण्डेले पनि यातायात क्षेत्रमा अझैपनी बिकृती र बिसङ्गतीहरु कायम रहेकाले त्यस्ता कार्यहरु हुन नदिन र सर्वसाधारण जनताले चुस्तदुरुस्त सेवा पाउनेगरी काम गर्न कार्यालय प्रमुख थापासामु निर्देशन दिनुभएको छ ।
पान्डेले कार्यालय ब्यबस्थापन र त्यहाबाट हुने सेवा प्रणालीको समेत निरीक्षण गर्नुभएको मुख्यमन्त्री पाण्डेका स्वकिय सचिव रविन भुजेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fourteen − seven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने