

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नबाट चुनाव लड्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको प्रारम्भिक निर्वाचनमा निर्वाचित भए पार्टी सदस्यता बिना नै चुनाव चिह्न घण्टी दिने सहमति भएको उनले बताएका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक निर्वाचनबाट निर्वाचित भए पार्टीमा स्वतन्त्र रहने गरि पार्टी सदस्यता बिना पनि आफ्नो चुनाव चिन्ह घण्टी निर्वाचन प्रयोजनका लागि मलाई पनि दिने भएको छ,’ उनले भनेका छन्, ‘यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आभार प्रकट गर्दछु । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाण्डौं १ लागि प्रस्तावित उम्मेदवारका रुपमा निशर्त पार्टीको प्रारम्भीक निर्वाचनमा सरिक हुने जानकारी गराउँदछु ।’

