२०८३ बैशाख ८, मङ्लबार
 

रत्नपार्कमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

prabhu bank home loan

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कको कार्यालयमा चार्जिङ स्टेशन राखेको छ। प्रधिकरणले मंगलबारदेखि देशका विभिन्न भागमा चार्जिङ स्टेशनको उपकरण राख्न सुरु गर्दैछ।

प्राधिकरणको चार्जिङ स्टेशन पूर्वाधार विकास आयोजनाकाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेशन धमाधम जडानको काम भइरहेको छ। चार्जिङ स्टेशन जडानका लागि सिभिल पूर्वाधार निर्माणको काम लगभग सकाएर जडान भइरहेको प्रधिकरणले जनाएको छ।

केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेशन जोडिसक्ने प्राधिरकणको लक्ष्य छ। प्राधिकरणले देशभरका राजमार्ग र मुख्य सहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेशन जडान गर्न लागेको हो।

प्राधिकरणले बैंकिङ कार्ड र क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने व्यवस्था गर्दैछ। चार्जिङ स्टेशनमा सवारी चार्ज गर्न प्रि–बुकिङ प्रणाली बनाइएको छ। यसअनुसार मुग्लिनमा सवारी चार्ज गर्न चाहनेले काठमाडौंबाट सवारी लिएर हिँडेपछि समय बुक गर्न सक्ने प्राधिरकणले जनाएको छ। यसको सबै नियन्त्रण काठमाडौंको कन्ट्रोल रुमबाटै हुनेछ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

12 + fourteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने