२०८३ बैशाख ८, मङ्लबार
 

खानेतेल बोकेको ट्रक त्रिशुलीमा खस्यो

prabhu bank home loan

धादिङ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६, जरेखेतमा दुर्घटनामा परेको छ । ना ५ ख ५९५५ ट्रक आइतबार बिहान सडकबाट करिब दुई सय मिटर तल त्रिशुली नदी किनारमा पुगेको हो ।

बिराटनगरबाट खानेतेल बोकेर काठमाडौं आउदै गरेको ट्रक अचनक आगलागी भइ सडकबाट त्रिशुली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी भावेश रिमालले बताए । ट्रकको अगाडि पट्टि भागमा आगो लागेको छ

इलाका प्रहरी कार्यालय गजुरीका डिएसपीसहितको जनपथ प्रहरीको टोली र आदमघाटस्थित शशस्त्र प्रहरीले ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको थियो । प्रहरी र स्थानीयले समयमै उद्दार गर्न सकिएकोले दुर्घटनास्थलमा मानवीय क्षति हुनबाट जोगिएको डिएसपी रिमालले बताए । तेल बोकेको ट्रकमा आगो सल्किए पनि समयमै आगो नियन्त्रणमा लिन सकिएकोले थप क्षति हुनबाट जोगिएको पनि डिएसपी रिमालले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

10 − six =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने