

धादिङ – नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी थाक्रेको गाउँ पार्टी कमिटीको प्रथम अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
पार्टीका केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको विशेष आतिथ्यता सम्पन्न भएको अधिवेशनले ७३ सदस्यिय कमिटी गठन गरेको छ ।
उक्त अधिवेशनले थाक्रेको पार्टी अध्यक्षमा माधव गजुरेललाइ चयन गरेको छ । पार्टीको प्रथम गाउँ अधिवेशनबाट गजुरेल अध्यक्षमा चयन भएका हुन् ।
यस्तै उपाध्यक्षमा रामेश्वर सुबेदी र मेघनाथ पराजुली, सचिवमा कृष्ण आले र उपसचिवमा तेजमाया रसाईली, प्रकाश थापा र सुर्य घलान सहित ७३ सदस्यिय कमिटी गठन गरिएको छ ।
निर्वाचित सबैलाई पार्टीको केन्द्रिय उपाध्यक्ष राजेन्द्र पाण्डेले सपथ खुवाएका छन् । यस्तै विभिन्न पार्टी परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेकाहरुलाई स्वागत पनि गरिएको छ ।

