२०८३ बैशाख ८, मङ्लबार
 

बन्चरेडाँडामा बिना अवरोध फोहोर विसर्जन

prabhu bank home loan

काठमाडौँ – फोहोर बोकेर बन्चरेडाँडा गएका गाडीलाई अवरोध गर्न खोज्ने स्थानीयलाई प्रहरीले हटाएको छ । पक्राउ परेका स्थानीयलाई छाड्नुपर्ने भन्दै उनीहरूले बिहीबार बिहान केहीबेर गाडी रोकेका थिए ।प्रहरी परिचालन गरेपछि उनीहरू पछि हटेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

पार्किङ गरेर राखिएको फोहोर बोकेका गाडीसहित अन्य सवारीसाधन तोडफोड गरेको भन्दै प्रहरीले धुनिबेंसी-१ का दीपेश कार्कीलाई पक्राउ गरेको थियो । उनको रिहाइको माग गर्दै स्थानीयले आन्दोलन गरेका हुन् । प्रवक्ता मानन्धरले कानुनी प्रक्रिया पूरा भएपछि मात्रै आरोपित रिहाइ हुने बताए । प्रहरीले स्थानीयलाई हटाएपछि शान्तिपूर्ण रुपमा बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भइरहेको मानन्धरले जानकारी दिए । महानगरपालिकाका इन्जिनियर सरकारदिप श्रेष्ठले अन्य दिनको तुलनामा धेरै गाडीहरुले फोहोर विसर्जन गरेको बताए ।

यस्तै, धेरै मात्रामा फोहोर थुप्रिएपछि उपत्यकाको फोहोर ढुवानीमा काठमाडौं महानगरपालिकालाई विभिन्न संघ(संस्थाहरूले सघाइरहेका छन् । महानगरपालिका र निजी क्षेत्रसँग भएका गाडीबाट ढुवानी गर्दा थुप्रिएको फोहोर हटाउन गर्न धेरै समय लाग्ने भएपछि महानगरले नेपाल टिपर तथा ट्रक व्यवसायी सं‌घसँग सहमति गरेको छ भने विभिन्न कन्स्ट्रक्सन कम्पनीहरूले महानगरलाई निस्शुल्क रुपमा फोहोर ढुवानी गर्न सहयोग गर्ने भएका छन् । हाल दैनिक रुपमा १८० वटा टिपरले फोहोर विसर्जन गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने