२०८३ बैशाख १७, बिहिबार
 

ढिलो चाँढो सबै माओवादी नेताहरु मुल घरमै फर्कन्छन् : प्रचण्ड

prabhu bank home loan

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र स्थापनाको लागि वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको बताएका छन् ।

रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा पार्टीको मुख्य कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी धारलाई पनि एकीकृत गर्ने काम सुरु भएको बताए । डा बाबुराम भट्टराईले माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने निर्णय गरेको प्रसंग कोट्याउँदै प्रचण्डले ढिलो चाँडो अन्य नेताहरु पनि मुल प्रवाहमा समावेस हुने विश्वास व्यक्त गरे ।

नेकपा (एकीकृत समाजवादी)ले माओवादीसँग एकता गर्न कार्यदल बनाउने निर्णय गर्नुलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै प्रचण्डले ढिलोचाँडो समाजवादी केन्द्र निर्माण हुने निश्चित भएको बताए ।

क्रान्तिको बाटो वाङ्गोटिङ्गो हुने भन्दै उनले पुनः एकपटक निरन्तरतामा क्रम भङ्ग गर्ने प्रक्रिया सुरु बताए । पुरानो रुपमा अघि बढेर राष्ट्रको आवश्यकता पूरा हुन नसक्ने भन्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने