२०८३ बैशाख ८, मङ्लबार
 

धादिङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

prabhu bank home loan

धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुल नजिकै सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको ट्रेलरले वाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको जिपलाई ठक्कर दिँदा जिपमा सवार २ जनाको मृत्यु भएको हो ।

जिपमा सवार धादिङ ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए ।

दुर्घटनामा ट्रेलरका चालक र सहचालक पनि घाइते भएका थिए । सामान्य उपचारपछि चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत राति भएको दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seven − 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने