एजेन्सी – एक महिलाले सबैभन्दा लामो नङ पालेर विश्व कीर्तिमान बनाएकी छन् । अमेरिकाको मिनेसोटाकी ६३ वर्षीय डियाना आम्स्ट्रङलाई मंगलबार गिनिज वर्ल्ड रेकर्डसले उनको कीर्तिमानलाई मान्यता दिएको हो । गिनिज वर्ल्ड रेकर्डसका अनुसार उनको दुवै हातको नङको समग्र लम्बाइ ४२ फिट छ ।
आम्टर्डमले पछिल्लो २५ वर्षदेखि आफूले हातको नङ पालेर राखेको उल्लेख गरेकी छिन् । उनको बूढीऔंलाको नङ सबैभन्दा लामो चार फिट ६.७ इन्चको छ भने सबैभन्दा सानो कान्छीऔंलाको नङ ३ फिट ७ इन्चको छ । आम्सर्डमका अनुसार उनकी कान्छी छोरीको सम्झनामा उनले नङ पाल्न थालेकी हुन् । दमको कारण १६ वर्षको उमेरमा मृत्यु भएकी उनकी छोरीले नङमा पालिस लगाई दिने काम गर्थिन् ।
नङ धेरै बढ्न थालेपछि उनलाई अन्य सन्तानले नङ काट्न आग्रह गरेका थिए । तर, उनले आफ्नो व्यक्तिगत विषयमा चासो नदिन उनीहरुलाई आग्रह गरिन् र नङ काटिनन् । यसअघि पनि सबैभन्दा लामो नङको कीर्तिमान अमेरिकाकै आएना विलियम्सको नाममा थियो । उनको दुवै हातको नङको लम्बाइ १८ फिट ८ इन्च थियो ।