२०८३ बैशाख ८, मङ्लबार
 

चेक बाउन्स मुद्दामा फरार महिला झाडीमा लुकेको अवस्थामा पक्राउ

prabhu bank home loan

काठमाडौं – खातामा पर्याप्त रकम नहुँदा पनि चेक दिएर बाउन्स भएपछि फरार एक अभियुक्त घर नजिकैको झाडीमा लुकेको अवस्थामा पक्राउ परेकी छन् । आफ्नो खातामा पर्याप्त रकम नभएको अवस्थामा पनि तीन लाख रुपैयाँको चेक दिई चेक बाउन्स भएपछि उजुरी परेको आधारमा प्रहरीले ती अभियुक्तको खोजी गरेको थियो।

पीडित पक्षको उजुरीपछि कास्की प्रहरीले बागलुङको ताराखोला गाउँपालिका–१ स्थायी घर भइ पोखरा महानगरपालिका–२ मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई कास्कीकै अन्नपूर्ण गाउँपालिका–८ वीरेठाँटीस्थित नियालो घारीमा लुकेको अवस्थामा प्रहरीले फेला पारेको हो। पुनलाई उच्च अदालत पोखराबाट बैंकिङ कसुर मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रकृया अगाडि कास्की प्रहरीले जनाएको छ ।

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने