२०८३ बैशाख २, बुधबार
 

इन्द्रावतीमा दुग्ध सङ्कलन तथा प्रशोधन केन्द्रको स्थापना

prabhu bank home loan

सिन्धुपाल्चोक – नयाँपानी भूमि अधिकार कृषक समूहले इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरेको छ । खाद्य पोषण सुरक्षा आयोजना,एफएओ,सिडिसिएफको सहयोगमा कृषक समूहले दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरेको हो ।

आज एक कार्यक्रमबिच इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले दुग्ध केन्द्रको उद्घाटन गर्नुभयाे । दुग्ध केन्द्रको उद्घाटन गर्नुहुँदै अध्यक्ष नेपालले किसानहरूलाई प्रोत्साहनका लागि विगतमा दिँदै आइरहेको अनुदानमा शत प्रतिशत वृद्धि गरी प्रति लिटर ४ पुर्‍याएको बताउनुभयो । गाउँपालिका भित्रको कृषि विकास र आधुनिकीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाको खोजी भइरहेको उहाँले बताउनुभयो ।

वडामा उत्पादित दूधको सदुपयोग गरी बाहिर निर्यातका लागि दुग्ध तथा प्रशोधन केन्द्रको स्थापना गरिएको नयाँपानी भूमि अधिकार कृषक समूहका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभयो । सुरुमा इन्द्रावती गाउँपालिका भर उत्पादित दूधलाई पुर्‍याउने उद्देश्य रहेको र बिस्तारै काभ्रे काठमाडौँ ललितपुर लैजाने वातावरण सिर्जना गर्ने उहाँले बताउनुभयो । अहिले एक व्यक्तिले १८ लिटरसम्म दूध बेच्दै आइरहेको सो केन्द्रमा आगामी वर्षमा दैनिक ५०० लिटरसम्म दूध उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five − two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने