२०८३ असार ९, मङ्लबार
 

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने

prabhu bank home loan

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएको छ । भारतबाट मूल्य घटेर आएपनि नाफा नरहेको भन्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने भएको हो ।

भारतबाट भाउ घटेर आएपनि तत्काल मूल्य समायोजन नगर्ने निर्णय भएको छ,’ निगम स्रोतले भन्यो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ ।

तर, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ हाराहारी घाटा छ । यही कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निगमको भनाइ छ । भारतीय आयल कर्पोरेसनबाट पछिल्लो दुई पटक मूल्यसूची घटेर आएको छ । यसमध्ये यही अगस्ट १ तारिखमा समेत पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । उक्त मितिमा पेट्रोलमा प्रतिलिटर १६.८० रुपैयाँ र डिजेलमा १२.४५ रुपैयाँ घटेर आएको थियो ।

अघिल्लो पटक १५ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल १६.५६ रुपैयाँ घटेर आएको थियो । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर मूल्य घट्न थालेसँगै पेट्रोलियम पदार्थको मूल्य समेत घट्न थालेको हो । तर, निगमले मूल्य समायोजन गरेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने