

काठमाडौँ – मंगलवार उच्च अंकले गिरावट भएको नेप्से परिसूचक बुधवार अन्तिम समयमा २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेर बन्द भएको छ ।
बुधवार कारोबारमा आएका २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका १३ वटा उपसमूहमा व्यापार उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा फाइनान्स उपसमूहको सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ । व्यापार उपसमूहको ०.५८ प्रतिशतले गिरावट आएको छ ।
बुधवार शिवम् सिमेन्टको सबैभन्दा धेरै १७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण कावेली हाइड्रोपावरको १२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

