२०८३ बैशाख ८, मङ्लबार
 

नेप्से परिसूचक ४४.८० अंकले घट्यो

prabhu bank home loan

काठमाडौं – मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको नेप्से परिसूचक मंगलवार उच्च अंकले गिरावट आएको छ । मंगलवार नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.९९ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ३.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३२ अंक घटेको छ

मंगलवार कारोबारमा आएका २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर ९९ लाख ४४ हजार ४८ कित्ता शेयर ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार ४ अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स, ब्यापार र अन्य उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ ।अन्य बाँकी सबै उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

नेप्सेमा गिरावट आए पनि मल्टिपर्पस फाइनान्सको शेयरमूल्य ९.३२ प्रतिशतले बढेको छ भने सुर्योदय वमी लघुवित्तको ६.७२ प्रतिशत, युनाइटेड मोदि हाइड्रोपावरको ६.१९ प्रतिशत र समृद्धि फाइनान्सको ३.२३ प्रतिशतले बढेको छ । यता गणपति लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशतले घटेको छ ।

मंगलवार पनि शिवम सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अरुण काबेली हाइड्रोपावरको १५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने