२०८३ बैशाख ९, बुधबार
 

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

prabhu bank home loan

काठमाडौं – निर्माता तथा निर्देशक भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

बोर्डका पूर्वअध्यक्ष दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीलाई नियुक्त गरेको हो ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाले निवेदन दिएको सूची मन्त्रालयले सार्वजनिक गरेको थियो । मन्त्रालयले निर्माता केसीसहित अरुणकुमार प्रधान, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twenty − eleven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने