२०८३ बैशाख ९, बुधबार
 

विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखाेस्न गृहको निर्देशन

prabhu bank home loan

काठमाडौँ – गृह मन्त्रालयले सार्वजनिक विदाको दिन चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ ।

सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहले यस्तो निर्देशन दिएको हो । बुधबार गृह सचिवस्तरीय बैठकले यस्तो निर्देशन दिएको हो ।

गृहले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा केही दिनदेखि सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सवारी साधन रोक्ने, चाबी खोस्नेलगायतका गतिविधिहरु भइरहेको उल्लेख गरिएको छ ।

झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुलाई सार्वजनिक विदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउन गृहले भनेको छ । यसबारे सर्वसाधरणलाई समेत सुसूचित गराउन गृहले प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने