२०८३ बैशाख ५, शनिबार
 

त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा नेविसंघले लगायो ताला

prabhu bank home loan

काठमाडौँ – सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन, नेपाल विद्यार्थी संघले त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा ताला लगाएका छन् । काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसका नेविसंघ इकाइ सभापतिसहितले आज कीर्तिपुर पुगेर डिन कार्यालयमा ताला लगाएका हुन् । उनीहरूले व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माको राजीनामा मागेका छन् ।

असार २२ गते मात्रै बिबिए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ अर्गनाइजेसन बिहेव्यर’ को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रि बोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेपछि नेविसंघले डिनको राजीनामा मागेको हो । नेविसंघ नेताहरू मदनराज उपाध्याय, विवेक लामा घिसिङ, केशरजंग बम, विष्णु बडेला, अशोकसिंह विष्ट, दीर्घराज भट्ट, हरिश देउवा, लक्ष्मण भाट, सुस्मा पाण्डे, श्याम ओझा, किशोर जोशी, निराजन सुवेदी लगायतले त्रिविले परीक्षामा लापरबाही गरेको भन्दै विरोध गरेका छन् ।

डिन शर्माले राजीनामा नदिएसम्म ताला नखुल्ने नेविसंघ नेता उपाध्यायले बताए । यसअघि नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै त्रिविका परीक्षामा लापरबाही देखिएकोले पदाधिकारीले राजीनामा दिनुपर्ने बताएका थिए । प्रश्नपत्र हुबहु मिलेपछि त्रिवि व्यवस्थापन संकायले आइतबार छानबिनका लागि उच्चस्तरीय समिति पनि गठन गरेको थियो भने प्रश्नपत्र निर्माणमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याइएको बताएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने