२०८३ असार ७, आइतवार
 

बजेट खर्च गर्ने आज अन्तिम दिन

एकै दिन २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी

prabhu bank home loan

काठमाडौं – चालु आर्थिक वर्षको बजेट खर्च आइतबारदेखि नै रोकिने भएपछि अन्तिम दिन आज ठूलो भुक्तानी भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आज आइतबार एकै दिन अधिकतम २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको हो ।

यस्तो भुक्तानी चालु, पुँजीगत र वित्तीय व्यवस्थापन गरी तीन क्षेत्रबाट भएको हो । महालेखा नियन्त्रकका अनुसार आज आइतबार मात्र चालु खर्च तर्फ १० अर्ब ५८ करोड ४१ लाख रुपैयाँ भुक्तानी भएको छ भने पुँजीगत तर्फ १४ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २४ करोड ७१ लाख रुपैयाँ भएको छ ।

चालु आर्थिक वर्षका लागि कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको सरकारले अन्तिमसम्ममा कुल १२ खर्ब ३७ अर्ब ७० करोड १० लाख रुपैयाँ खर्च गर्न सकेको छ । यो भनेको कुल बजेटको ८५.८ प्रतिशतको खर्च हो ।

समग्रमा यस वर्ष विनियोजित बजेटको १४.२ प्रतिशत बजेट खर्च गर्न सकेन । तथापि, यस्तो खर्च पुँजीगततर्फ अझ ठूलो रकम खर्च हुन नसकेर फ्रिज हुने देखिएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत तर्फ कुल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेकोे सरकारले असार २६ गतेसम्म जम्मा १ खर्ब ८९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । जुन विनियोजित बजेटको ५०.११ प्रतिशत हो । विनियोजित बजेटको आधा मात्र खर्च गर्न हुन सकेकोमा पुँजीगत ९विकास० खर्च आधा नै फ्रिज हुने देखिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१० र ९२)अनुसार सरकारी कार्यालयहरूबाट हुने सबै खाले भुक्तानी आर्थिक वर्ष सकिने अन्तिम ७ दिन पहिले नै सम्पूर्ण रोक्नुपर्ने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two + 14 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने