२०८३ बैशाख ५, शनिबार
 

काराेबारकाे अन्तिम दिन नेप्से घट्यो

prabhu bank home loan

काठमाडाैं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४.७० अङ्कले ओरालो लागेर एक हजार ९९२.६२ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६० अङ्कले ओरालो लागेर ३७९.८९ मा सीमित भएको छ । कूल २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर रु एक अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ मूल्यमा खरिद बिक्री भए । शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ४१ अर्ब ९८ करोड ४९ लाख १६ हजार बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ १५.१५, व्यापार ६७.१, होटल तथा पर्यटन ९६.४७, विकास बैंक ९४.७८, जलविद्युत् ५९.०१, वित्त ४७.३५, निर्जीवन बीमा ८९.३६, उत्पादन १२१.७७, अन्य २८.३६, लघुवित्त ६५.५४, जीवन बीमा १९३.०७, सामूहिक लगानी कोष ०.१६ र लगानी १.४२ अङ्कले ओरालो लाग्यो ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ५९ लाख ८३ हजार ५५५ बराबरको कारोबार भयो ।

त्यस्तै युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर रु तीन करोड ९७ लाख ६६ हजार ७८३, लाइफ इन्स्योरेन्स कर्पोरेशन रु तीन करोड ९१ लाख ३८ हजार ६८५, अरुण काबेली पावर रु तीन करोड ७९ लाख २९ हजार ६३१ र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ७३ लाख ४४ हजार ९१७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार ग्लोबल आइएमई समुन्नत स्किम एक २.८२, नवील इक्विटी फण्ड २.४६, कुमारी बैंकको ऋणपत्र २, लक्ष्मी इक्विटी फण्ड १.९८ र गुराँस लघुवित्तका लगानीकर्ताले १.९५ प्रतिशतले कमाए ।

यस्तै हिमालयन ऊर्जा विकास कम्पनी ५.४४, बलेफी हाइड्रोपावर ४.९०, हिमाल दोलखा हाइड्रोपावर ४.७९, वेस्ट फाइनान्स कम्पनी ४.७४ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.६६ प्रतिशतले गुमाए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 − 6 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने