

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गर्नु भएकाेछ ।
मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उहाले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाउनुभएकाे हाे ।
मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उहा सरकारी गाडी चढ्नुहुदैन् ।
गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ ।
उहाले फेसबुकमा लेख्नु भएकाे छ, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’

