२०८३ असार ८, सोमवार
 

मंसिर २ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न सिफारिस

prabhu bank home loan

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोली बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर मंसिर २ गते एकै चरणमा दुई निर्वाचन गर्न सिफारिस गरेको हो ।

आयोगको प्रस्तावमा प्रधानमन्त्री देउवाले सहमति जनाएको आयुक्त थपलियाले बताएका छन्। साथै, प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई चुनावी तयारी थाल्न पनि निर्देशन दिएका छन् ।

आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने कानुनी व्यवस्था रहेको छ । आयोगले निर्वाचन गर्न १२० दिन तयारीको समय पुग्ने गरी मिति घोषणा गर्न आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने