२०८३ बैशाख १७, बिहिबार
 

अर्थमन्त्री विवादित प्रकरण : प्रधानमन्त्री र सभामुखसँग छलफल गर्दै दाहाल

prabhu bank home loan

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सहभागी गराएको विषयबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटासँग कुरा गर्ने भएका छन्।

मंगलबार प्रचण्ड निवास खुमलटारमा भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय विस्तारित बैठकमा पार्टीका पूर्वस्थायी कमिटी सदस्य र प्रदेश इन्चार्जको बैठकमा अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

बैठकमा अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई बजेट बनाउन सहभागी गराएको र उक्त दिनको सिसीटिभी फुटेज माग्दा डिलिट भइसकेको जवाफ दिएको विषयमा केही नेताहरूले कुरा उठाएका थिए।

‘यही विषयलाई प्रमुख प्रतिपक्षीले संसद्मा उठाइरहेको छ। यसबारे के हो भनेर केही साथीहरूले कुरा उठाउनुभएको थियो,’ बैठकमा सहभागी नेता हरिबोल गजुरेलले भने,‘अध्यक्षले यस विषयमा आफूले प्रधानमन्त्री देउवा र सभामुख सापकोटासँग कुरा गर्ने बताउनुभएको छ।’

आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एक जना पूर्वनायब सुब्बालाई करका दर हेरफेर गर्न लगाएको आरोप लागेको छ। बजेट घोषणा हुनु अघिल्लो दिनको मन्त्रालयको सिसीटिभी फुटेज माग्दा अर्थले डिलिट भइसकेको भनेर पन्छिएको थियो।

मन्त्रालयको गैरजिम्मेवारपूर्ण जवाफपछि अर्थमन्त्री शर्मामाथि छानबिन हुनुपर्ने र त्यसका लागि उनले राजीनामा दिनुपर्ने माग सत्तारुढ दल एवं प्रतिपक्षीबाट उठिरहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eleven + two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने