२०८३ असार ११, बिहिबार
 

सेयर बजारको हरियाली कायमै

prabhu bank home loan

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ सय अंकतर्फ अघि बढेको छ । पछिल्लो समय निरन्तर उच्च अंकले वृद्धि भइरहेको नेप्से परिसूचक आज पनि ५७ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचकमा उच्च अंकको सुधार आएको हो ।

यससँगै, नेप्से परिसूचक २ हजार ८६ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज २ अर्ब ४८ करोड रुपैयाँ बराबरको ६२ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा उच्च अंकको वृद्धि आउँदा ६ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

आज साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालयन पावर पार्टनर, माथिल्लो तामाकोसी जलविद्युत, सान्जेन जलविद्युत कम्पनी, नेस्डो समृद्ध लघुवित्त र सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले उल्लेख्य कमाएका छन् । यसबाहेक, रसुवागढी हाइड्रोपावर, मध्य भोटेकोसी जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा समेत ९ प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको छ ।

आज नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा उल्लेख्य सुधार आएको छ । जसमध्ये उत्पादनमूलक समूहमा २५० अंकको वृद्धि आउँदा निर्जीवन बीमा कम्पनी समूहमा १८१ अंकको सुधार आएको छ । यसैगरी, व्यापार समूहमा १७४ अंकको र जीवन बीमा समूहमा १७० अंकको सुधार आएको छ । यी बाहेक अन्य समूहमा पनि सुधार आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

11 − 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने