२०८२ जेष्ठ ६, सोमवार
 

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजबाट सुरु

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आजबाट काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एजेण्डाका बारेमा जानकारी गराउदै बैठक सुरु गर्नुभएको हो ।

तीन दिनसम्म चल्ने बैठकमा बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुका तर्फबाट संक्षिप्त रिपोर्टिङ हुने छ ।

त्यस्तै अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषयका बारेमा पनि छलफल हुने माओवादीले जनाएको छ ।

संगठनात्मक विषयमा पोलिट्व्युरो, स्थायी कमिटी र पदाधिकारी चयनका बारेमा छलफल हुने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।

त्यस्तै स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारीका बिषयमा पनि बैठकमा छलफल हुने उहाले बताउनुभयो ।

बैठकमा प्रचण्डले केन्द्रीय समितिका नयाँ सदस्यहरुको शपथ गराउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eight + fourteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने