२०८३ बैशाख ६, आइतवार
 

बागमती प्रदेशको बजेट आज पास गर्ने तयारी

prabhu bank home loan

काठमाडौं – बागमती प्रदेशसभाले आज आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरेको छ ।

आज प्रदेशसभामा आर्थिक विधेयकमाथि छलफल भई निर्णयार्थ पेश हुने र बजेट पास गर्ने कार्यसूची तय भएको हो । विनियोजन विधेयक माथिको छलफल हिजो नै सकिएको छ ।

विषयगत मन्त्रालयको बजेटमाथिको छलफल सोमबार सुरु भएको थियो । छलफलमा सत्तापक्षले सरकारले ५ वर्षमा सबैभन्दा राम्रो बजेट ल्याएको भन्दै स्वागत गरेका थिए ।

उनीहरुले सरकारले ल्याएको बजेट जनमुखी रहेको भन्दै बजेटको प्रशंसा समेत गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका प्रतिपक्षी दलले भने सरकारले चुनावलक्षित, परम्परागत शैलीमा, असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए ।

हिजो प्रदेशसभालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट प्रगतीशील र जनमुखी भएको दाबी गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने