२०८३ बैशाख १०, बिहिबार
 

सञ्चार कर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेमाथि इमान्दारिताको प्रश्न

prabhu bank home loan

काठमाडौं – सञ्चार कर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेमाथि इमान्दारिताको प्रश्न उठ्न थालेको छ।

न्युज २४ टेलिभिजनमा हुँदा रियालिटी शो ‘द लिडर’ प्रशारण गर्ने घोषणा गरेका रवि लामिछानेको टिमले पछि उक्त कार्यक्रम ग्यालेक्सी फोरकेबाट प्रशाण हुने बताइएपनि उक्त कार्यक्रम प्रसारण हुन सकेन।

२०७६ मंसिर २६ गते ‘द लिडर’ कार्यक्रम घोषणा गरिएको थियो। ‘द लिडर’ का विजेतालाई काठमाडौंमा अपार्टमेन्ट, गाडी र २० लाख रूपैयाँ नगद पुरस्कार दिने भनिएको थियो। कार्यक्रममा बाबुराम भट्टराई, सुशीला कार्की, रवीन्द्र मिश्र, प्रदीप गिरि र प्रदीप नेपाल निर्णायक थिए।

तर अहिले लामिछानेले पत्रकारिता पेशा नै छाडेर ‘नेपाल स्वतन्त्र पार्टी’ घोषणा गरेपछि भने यो कार्यक्रम नहुने निश्चित भएको छ। कार्यक्रम नहुने निश्चित हुँदा समेत आवेदन दिएकाहरुले  पैसा फिर्ता पाएका छैनन् ।

उक्त कार्यक्रमका लागि ११९२ जनाले रजिष्ट्रेसन गरेकामा ८८३ जनाले पैसा फिर्ता लिइसकेको भएपनि ३०९ जनाले अझै पैसा फिर्ता पाएका छैनन्।

उक्त कार्यक्रममा रजिष्ट्रेसन गर्ने प्रत्येक व्यक्तिबाट रु १ हजार उठाइएको थियो। यसरी ११९२ जनाको रु १ हजारको दरले ११ लाख ९२ हजार हुन आउँछ। उक्त टिमले ८८३ जनाको पैसा फिर्ता गरिसकेको जनाएको छ। रु ११ लाख ९२ हजारमा रु ८ लाख ८३ हजार रकम फिर्ता गरिसकेको छ भने रु ३ लाख ९ हजार रकम फिर्ता गर्न बाँकी रहेको छ।

शुक्रबार पत्रकार सम्मेलन गरी रवि लामिछानेले रजिष्ट्रेसन गरेका आकांक्षीको पैसा फिर्ता दिनु आफ्नो नैतिक दायित्व भएको बताए भने उनको टिमले फिर्ता गर्न बाँकी रहेकाहरूको पैसा फिर्ता गर्ने प्रतिबद्धता पनि जनाए ।

यदि नैतिक दायित्व भएको भए रवि लामिछानेले आफुले कार्यक्रम नगर्ने भएपछि पहिलेनै किन सबैको पैसा फिर्ता गरेर नैतिक दायित्व देखाउन सकेनन्, यस विषयले भने उनको इमान्दारितामाथि प्रश्न उठ्न थालेको छ।

आफुले जानेको पत्रकारिता पेसामा रहँदा गरेको बाचा नै पुरा गर्न नसकेका लामिछानेले भर्खरै सिक्न लागेको राजनितिबाट आम जनताको पक्षमा कसरी काम गर्न सक्लान् ? ‘द लिडर’ कार्यक्रम ल्याउने बाचा पुरा गर्न नसकेका उनले आगामि दिनमा गर्ने बाचा कसरी पुरा गर्न सक्लान् ? त्यो भने हेर्न बाँकी नै रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

19 + 9 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने