२०८३ बैशाख ११, शुक्रबार
 

थाक्रे गाउँपालिकाको कार्यपालिका वैठक सम्पन्न के के भए निर्णय ? हेर्नुहोस्

prabhu bank home loan

धादिङ – धादिङको थाक्रे गाउँपालिकाको ९१ ‌औ कार्यपालिका वैठक विहिबार सम्पन्न भएको छ । पालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा वसेको वैठकमा गाउँसभाको कार्यसुचि सर्वसम्मतिले पास गर्दै शुक्रबार गाउँसभा गर्नेगरि सम्पन्न भएको हो।

उक्त कार्यक्रममा निति तथा कार्यक्रम अध्यक्षले प्रस्तुत गर्ने, उपाध्यक्ष यन्त्र वहादुर थापाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने,जनयुद्ध र जनआन्दोलनबाट घाइते ,अपाङ्ग तथा शहिद परिवारलाई आयआर्जन वृद्धिका लागि मासिक ७ हजार ५सय दिने निणय भएको थाक्रेका प्रवक्ता अमित कुमार घलेले बताउनुभयो ।

त्यसैगरी पालिका बैठकले थाक्रेको पर्यटकीय क्षेत्र भुमिचुलि र पोखरिचौरमा सडक निर्माणको लागि बहुपक्षिय बजेट प्रस्तुत गर्ने लगायतका निर्णयहरु भएका छन् । शुक्रबार हुने गाउँसभामा  सवैको सल्लाह र सुझावलाइ प्राथमिकता दिइ निति तथा कार्यक्रम आउने पनि प्रवक्ता घलेले बताएका छन् ।

हेर्नुहोस् निर्णयहरु :

१. पालिकाको गाउँसभा शुक्रबार गर्ने

२. गाउँसभाको कार्यसुचि सर्वसम्मतले पास

३. निति तथा कार्यक्रम अध्यक्षले प्रस्तुत गर्ने

३. आर्थिक विधेयक कार्यपालिकाले पास

४.थाक्रेको प्रमुख पर्यटकीय क्षेत्र भुमिचुलि र पोखरिचौर को लागि सडक निर्माण गर्न बहुपक्षिय बजेट प्रस्तुत गर्ने

५. पालिका उपाध्यक्ष यन्त्र वहादुर थापाको संयोजकत्वमा ३ जना रहने गरि न्यायिक समिति गठन

६. पहिलो पटक नागरिकता लिँदा शुल्क नलाग्ने निर्णय

७. बिभिन्न विषयमा करमा छुट गर्ने

८.विपन्न सँग अध्यक्ष कार्यक्रमलाइ निरन्तरता दिने

९.प्रत्येक वडाका सडक निर्माणलाइ प्राथमिक दिने

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seven + two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने