२०८३ असार ६, शनिबार
 

काठमाडौं महानगरपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकाले आज दिउँसो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको घोषणा पत्रलाई पनि नीति तथा कार्यक्रममा समेट्ने गरि तयारी गरेका छन् ।

स्वतन्त्रबाट विजयी भएका प्रमुख बालेनले सबै पार्टीका अवधारणाहरुलाई महानगरको विकासका लागि सहयोगी तत्व स्वरुप उक्त कार्य अघि बढाउन लागेका हुन् ।

आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगरपालिका स्रोतले जनाएको छ ।

महानगरको सबैभन्दा धेरै वडामा काँग्रेसको नेतृत्व छ । त्यस्तै एमाले र नेकपा एकीकृत समाजवादीको पनि वडामा नेतृत्व रहेकाले उनीहरुको धोषणा पत्रलाई पनि प्रमुख शाहले नीति तथा कार्यक्रममा समावेश गर्न लागेका हुन् ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बस्ने तयारी भइरहेको छ । यसघि नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाइएको थियो ।

काठमाडौं महानगरले यही असार १० गते बजेट ल्याउने तयारी गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

10 − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने