

धादिङ – थाक्रे गाउँपालिकाको ९० औ कार्यपालिका वैठक शुक्रबार सम्पन्न भएको छ । पालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा वसेको वैठकमा पालिकाको प्रत्येक वडामा बजेट विनियोजन, फोहोर व्यवस्थापन,खाजा खर्च कटौती लगायतका विषयमा छलफल गरिएको थियो ।
उक्त बैठकमा थाक्रे गाउँपालिका भित्र रहेका अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा गर्ने , कर्मचारी रिक्त भएका ठाउँमा स्थायी कर्मचारी नियुक्ति गर्न सिफारिस गर्ने, दम रोगीका बिरामीहरुलाइ निशुल्क अक्सिजन सिलिन्डर वितरण गर्ने लगायतका निर्णय गरेको प्रवक्ता अमित कुमार घलेले जानकारी गराउनु भएको छ।
बैठकले पालिकाको प्रत्येक वडामा बजेट विनियोजन गर्ने निर्णय गरेको छ । जसअनुसार वडा नं १,२,३ र ७ मा १ करोड ५६ लाख ९५ हजार र वडा नं ४,५,६,८,९,१०र ११ मा १ करोड ४१ लाख ९५ हजार बजेट छुट्याइएको पनि प्रवक्ता घलेले बताउनुभयो।
हेर्नुहोस् निर्णयहरु :
१.कार्यपालिका वैठक सम्पन्नपछि बैठकमा भएका निर्णयहरु प्रवक्ताले जानकारी दिने
२. पालिकामा बस्ने कुनैपनि वैठकमा पालिकाको बजेटमा खाजा नखाने र कर्मचारीले पनि खाजा खर्चको बिल पेस गर्न नपाउने
३. पालिकास्तरमा खेलकुद कभड हलको निर्माण गर्ने
४.पालिकामा रिक्त भएका कर्मचारी पदमा स्थाइ कर्मचारी माग गर्ने
५.धुनिवेशि नगरपालिकासँगको सहकार्यमा फोहोर व्यवस्थापन गर्नको लागि गाउँपालिका उपाध्यक्ष यन्त्र वहादुर थापाको संयोजकत्वमा कार्यदल गठन
६. पालिकामा भएका अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा गर्ने
७. दम रोगीका बिरामीहरुलाइ निशुल्क अक्सिजन सिलिन्डर वितरण गर्ने
८. पालिकाको प्रत्येक वडामा बजेट विनियोजन गर्ने जसअनुसार वडा नं १,२,३ र ७ लाइ १ करोड ५६ लाख ९५ हजार र वडा नं ४,५,६,८,९,१०र ११ लाइ १ करोड ४१ लाख ९५ हजार छुट्याउने निर्णय भएको छ ।
९. पालिका अध्यक्ष रामकुमार आचार्यको संयोजकत्वमा विपद् व्यवस्थापन कार्यसमिति गठन
१०. पालिकाले भनेको योजना अनुसार काम भएमा मात्र एनजिओ र आइएनजिओलाइ स्विकृती दिने

