

काठमाडौं – पछिल्लो समय विकासका नाममा हिउँदमा बाटो खन्दा त्यसको असर बर्खामासमा पर्ने गरेको छ । हिँउदमा विना योजना र मापदण्ड विनै सडक परियोजनाको निर्माण हुुँदा त्यसको असर असारको बर्खे सिजनमा पर्ने गरेको हो । जसले गर्दा सरकारको लाखौंको धनजनको क्षतिमात्र होइन वातारणको संरचनामै असर पर्ने गरेको छ ।
अझ विकास निर्माणको नााममा गाउँगाउँमा विना योजना चलाइएका स्काभेटरले क्षणिक सन्तुुष्टि दिए पनि असारको पानीसँगै बगेर घरबारै विस्थापित समेत हुने गरेको छ ।
विकास हुनु सकारात्मक पक्ष भए पनि विना योजना मापदण्ड विना सडक सन्जालको निर्माण गरिँदा त्यसको प्रत्यक्ष असर वर्खामासमा झरिसँगै पहिरोको जोखिम पनि बढेको पछिल्लो सडक विभागको तथ्याङ्कले पुुष्टि गरेको छ ।
गाउँगाउँमा ठेकेदार र स्काभेटर चालकले बिना योजना र मापदण्डबिना अन्धाधुन्ध सडक निर्माण गर्नाले हिउँदमा बनेका सडक बर्खामा नटिक्ने गरेको इन्जिनियर कल्याण ज्ञवाली बताउँछन्।
विकास परियोजनालाई प्रभावकारी बनाउन र उचित विटुमिन र आवश्यक सामग्रिको आवश्यकता पर्छ,अर्को भौगोलिक अवस्था र वातारणलाई अध्यन गरेर मात्र निर्माण गर्नुपर्ने ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘ हाम्रोमा विकासको नाममा हतारमा विना अध्ययन सडकसन्जाल देखि हरेक कुरामा हतार गरिन्छ र त्यसको असर पछि मात्र थाहा पाउँछौंं, विना मापदण्ड गरेको कामले दिर्घकालीन हुदैन ।’
यसरी हिउँदमा बनेका सडक बर्खामासमा काम नलाग्ने गरि बिग्रिदा एकातिर देशको जनधनको क्षति भइरहेको छ भने अर्कोतिर वातारणको संरचनामा समेत असर परिरहेको छ।यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ।

