२०८३ असार ८, सोमवार
 

गाँजा बेचेर १६ खर्ब वैदेशिक ऋण तिर्न सकिन्छ : शेरबहादुर तामाङ

prabhu bank home loan

काठमाडौं – नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसको बैठकमा उनले गाँजाबाट बन्ने औषधीहरुबाट मानिसको प्राणघातक रोगहरु उपचार गर्न सकिने भन्दै गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गर्न माग गरेका हुन् ।

‘नेपालमा क्यासर जस्तो प्राणघात रोगले धेरै मानिसहरुको ज्यान गइरहेको छ । सम्पत्ति पनि सकिएको छ । यसैगरी एचआईभी एड्सको कारण पनि मानिसको जिउन पाउँने अधिकार नष्ट भइरहेको छ । एड्स रोगका विरामीहरुको दिर्घ जीवनको औषधी नै गाँजा हो । यस रोगका विरामीहरुलाई तत्काल व्यवस्थापन गरिएन भने अझै हजारौँ विरामिहरुले ज्यान गुमाउने खतरामा छन् । औषधि नपाएर मुर्नभन्दा अव विरािमहरु आमरण अनसन गरेर मर्न तयार छन्’, उनले भने, ‘यसैले यो गाँजाबाट बन्ने सिबिडी र सिबिडीबाट बन्ने औषधिबाट हामिले प्राणघातक रोगहरुको उपचार गर्न सक्छौँ । यो विश्वले अहिले प्रमाणित गरेर अगाडि आइसकेको छ । यसैले गाँजाको औषधीय गुणलाई व्यवस्थापन गरौँ, बैधानिकीकरण गरौँ ।’

उनले नेपालमा गाँजा खेती गरेर दुई सय लिटरका चार ड्रम औषधि पाल ह्याच ट्रयाक गरेर निकाल्ने हो भने नेपालको पूर्वाधार यसैबाट निर्माण हुने दावी गरे । ‘नेपालमा यदि दुई सय लिटरका चार ड्रम सिबिडी नेपाल ह्याच ट्रयाक गरेर, गाँजा खेती गरेर निकाल्ने हो भने म ग्यारेण्टी दिन्छु यो मुलुकको पुर्वाधार यसैले बेचेर निर्माण गर्न सकिन्छ । त्यति मात्रै होइन आज हामिलाई लागेको १६ खर्ब ऋण पनि तिर्न सकिन्छ’, उनले भने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने