२०८३ बैशाख ८, मङ्लबार
 

नागढुंगाबाट स्रोत नखुलेको ३ करोड ८९ लाखसहित ४ जना चिनिया नागरिक पक्राउ

prabhu bank home loan

काठमाडौं – प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार रुपैयाँसहित ४ जना चिनियाँ र एक नेपालीलाई पक्राउ गरेको छ । नुवाकोटबाट काठमाडौं आउँदै गरेको बीएबी ५७१० नम्बरको गाडीको चेकजाँच गर्ने क्रममा प्रहरीले नागढुंगाबाट स्रोत नखुलेको उक्त रकमसहित चार जना चिनिया नागरिक र गाडी ड्राइभर (एक जना नेपाली)लाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने चिनिया नागरिकहरुमा ५० वर्षीय अङ जाइकिङ, ४९ वर्षीय झान टु, ३१ वर्षीय मेङ युन सुन, २६ वर्षीय मौजियान हुआ र नुवाकोट विदुर नगरपालिका–८ घर भएका ४४ वर्षीय फूलबहादुर गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट एक हजार दरको ३६ हजार ४१३ थान गरी नगद ३ करोड ६४ लाख १३ हजार, पाँच सय दरको ५ हजार १ थान गरी नगद २५ लाख ५००, एक सय दरको २ थान गरी नगद २००, बीस दरको १ थान गरी जम्मा ३ करोड ८९ लाख १३ हजार ७२० बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई बरामद रकमसहित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई बुझाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

19 − 13 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने