

काठमाडौं – सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो।
उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुनेछ। गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो र उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो।

