

काठमाडौं – सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । तर विभिन्न निकायहरूलाई सूचनाको हकको संरक्षण र सर्म्बर्द्धनका लागि आवश्यक सुझाव दिने र सिफारिश गर्नुपर्ने सूचना आयोगका सूचना अधिकारी विश्वबन्धु पौडेलसँग भने सम्पर्क हुनै नसक्ने अवस्था रहेको छ।
राष्ट्रिय सूचना आयोगका सूचना अधिकारीको फोन नलाग्ने सूचना हामिलाइ आएपछि आज विहान १०:०० बजेदेखि १०:३० सम्म पटक पटक सूचना अधिकारीको वेवसाइटमा भएको फोन नम्बर ९८५१२४४६६५ नम्वरमा फोन गर्दा फोन नै लागेन ।
यो नम्वरमा फोन गर्दा नम्बर बन्द भएको जानकारी आयो।त्यसपछि हामिले राष्ट्रिय सूचना आयोगको वेवसाइटमा भएको फोन नम्बर ०१-४४९६५४४ मा फोन गरेर सुचना अधिकारी विश्वबन्धु पौडेलसँग कुराकानी गराउन भन्दा पौडेल अन्य कार्यक्रममा जान परेकाले कार्यालय नआएको जानकारी हामिलाइ भयो।
यसरी अरुलाइ सूचना दिनुपर्छ भनेर सिकाउने राष्ट्रिय सूचना आयोगको सूचना अधिकारीसँगै सूचना माग्न कठिन भएपछि अन्य ठाउँको अवस्था कस्तो होला सम्बन्धित निकाय बेलैमा सचेत हुन आवश्यक छ।

