२०८३ बैशाख १७, बिहिबार
 

चंखेली छड्के : ‘कार्यालयबाट कार्यालय’- कार्यालयका प्रमुखनै समयमा आउँदैनन् कार्यालय

prabhu bank home loan

काठमाडौ – नेपाल सरकारले सातामा २ दिन बिदा दिइ बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय तोकिएको भएपनि खानेपानी मन्त्रालयका ठुला कर्मचारीहरुनै समयमा नआउने गरेको पाईएको छ ।

हामिले आज विहान ९:३० बजेदेखि १० बजेसम्म कार्यालय समयमा खानेपानी मन्त्रालयका सचिव, प्रवक्ता र सुचना अधिकारीलाइ कार्यालयका फोनमा फोन गर्दा सचिव नआइपुगेको पाइयो भने प्रवक्ताको फोन नै उठेन त्यस्तै सुचना अधिकारीको भने फोन नै लागेन।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको वेवसाइटमा भएको फोन न ०१-४२११६९३ मा ९:३८ मा फोन गर्दा फोन उठेपनि उनि कार्यालय नआइपुगेको जानकारी हामिलाइ भयो। खानेपानी मन्त्रालयकै सह सचिव (प्रवक्ता)ज्ञान प्रसाद ढकालको वेवसाइटमा भएको फोन नम्बर ०१-४२००५०७ मा ९:४० मा फोन गर्दा फोन उठेन फोन नउठेपछि उनि पनि समयमा कार्यालय नआइपुगेको पाइयो।

त्यस्तै खानेपानी मन्त्रालयकै सुचना अधिकारी विनोद कुमार खनालको वेवसाइटमा भएको फोन नम्बर ०१-४२००४८६ नम्बरमा पटक पटक फोन गर्दा पनि फोन लाग्न सकेन।

यसरि कार्यलयका प्रमुख व्यक्तिहरुनै समयमा कार्यालय नआएपछि सरकारी कार्यालयहरूको अवस्था के होला बेलैमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने