२०८३ बैशाख १७, बिहिबार
 

चंखेली छड्के : ‘कार्यालयबाट कार्यालय’- काम चोर कर्मचारी समयमा आउँदैनन् कार्यालय

prabhu bank home loan

काठमाडौ – नेपाल सरकारले सातामा २ दिन बिदा दिइ बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गरिएको भएपनि नेपाल टेलिकमका केहि कर्मचारीहरु समयमा आएपनि केहि कर्मचारीहरु भने समयमा नै कार्यालय नआउने गरेको पाईएको छ । चंखेली खबरले कार्यालयबाट कार्यालयमा छड्के गर्ने क्रममा यो तत्थ्य बाहिर आएको छ ।

हामिले आज विहान ९:३० बजेदेखि १० बजेसम्म कार्यालय समयमा नेपाल टेलिकमका विभिन्न कार्यालयहरुमा फोन गर्दा कुनै कार्यालयमा फोन नै उठेन, कुनै कार्यालयमा फोन पिएले उठाएपनि कर्मचारी कार्यालयमा नआइपुगेको पाइयो भने केहि कार्यालयमा भने कर्मचारीहरु‌ समयमानै पुगेको पाइएको‌ छ ।

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय काठमाडौंका सुचना अधिकारी नारायण प्रसाद काफ्लेको वेवसाइटमा भएको फोन न ०१-४२३१२२२ नम्वरमा ९:३५ मा फोन गर्दा फोन उठेपनि उनि कर्यालय आइनपुगेको जानकारी हामिलाइ भयो। त्यस्तै नेपाल टेलिकम सुन्धाराका कार्यालय प्रमुख सरिता महर्जनको वेवसाइटमा भएको फोन नम्बर ०१४२२१७०० मा ९:३७ मा फोन गर्दा फोन उठेन भने पछि ९ः४३ मा फोन गर्दा उनको पिएले फोन उठाएपछि प्रमुखसँग कुरा गर्नुपर्ने भनेपछि उहाँ मिटिङमा जानु भएको कुरा आयो । पछि हामिले कहाँको कुन मिटिङ भनेपछि कुरा फेरेर कामको निरीक्षणमा गएको भन्ने कुरा आयो पिएले कुरा फेर्ने बित्तिकै उनि कार्यालय नआइपुगेको प्रस्ट भयो ।

यता नेपाल टेलिकमको बबरमहल कार्यालय प्रमुख जुजुभाइ श्रेष्ठको वेवसाइटमा भएको फोन नम्बर ०१४७८६६२० मा ९:३९ मा फोन गर्दा उनि समयमै कार्यालय पुगेको पाइयो । उनले आफु पनि समयमा कार्यालय आउने गरेको र अन्य कर्मचारीहरुपनि समयमा आउने गरेको हामिलाइ बताउनुभयो।

त्यस्तै नेपाल टेलिकमको नक्साल कार्यालय प्रमुख सुनिल कुमार कर्णको वेवसाइटमा भएको फोन नम्बर ०१ ४४२६९०० मा ९:४० मा फोन गर्दा उनि पनि समयमै कार्यालय पुगेको पाइयो। उनले अहिले मात्र नभएर पहिलेदेखिनै ९:३० मा कार्यालय आउने गरेको बताए।

नेपाल टेलिकमको चावहिलको प्रमुख भास्कर कुमार पोखरेल को वेवसाइटमा भएको फोन नम्बर ०१४४९०४९०मा ९:५० मा फोन गर्दा समेत फोन नउठेपछि उनि पनि समयमा कार्यालय नआएको पायौँ ।

यसरि समयमा कार्यालय आउने कर्मचारीलाइ सम्मान र समयमा कार्यालय नआउने काम चोर कर्मचारीहरुलाइ कारवाहि गर्न सम्बन्धित निकायको ध्यान जाओस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two − 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने