

डोल्पा –भौगोलिक हिसावले एकदमै पिछडीएको डोल्पा जिल्लाले भोलि हुने स्थानिय चुनावको सम्पूर्ण तयारी सकेको छ ।
चुनावको सम्पूर्ण तयारी सकिएको जिल्ला निर्वाचन अधिकारी राम ब. सार्कीले जानकारी दिए ।
डोल्पा जिल्लामा २ वटा नगर पालिका र ६ वटा गाउ पालिका छन् । दुबै नगरपालिका र ६ वटै गाउपालिकामा मतदान अधिकृत, मतपत्र, कर्मचारी तथा सुरक्षाको टोली पुगी सकेको छ ।
डोल्पा जिल्लामा पुरुष भन्दा महिला मतदाता धेरै रहेका छन् । जम्मा २२४४० मतदाता मध्ये ११३७९ जना महिला र ११०६१ जना पुरुष मतदाता छन् ।
सुरक्षाको लागि खटीएका एक जना म्यादी प्रहरीलाई स्वास्थ्यमा समस्या आएकोले हेली कप्टरबाट सुर्खेत लगीएको छ भने एक अर्का म्यादीको मृत्यु भएको छ ।
मृत्यु भएका म्यादी प्रहरी काइते गाउँपलिका बासिन्दा थिए । मौसम खराव भएकोले उनको शवलाई सदरमुकाम दूनै ल्याउन सकीएको छैन ।

