२०८३ बैशाख १७, बिहिबार
 

विमानस्थलमा वम राखिएको भन्ने हल्ला मात्रै, भेटिएन केही

prabhu bank home loan

काठमाडौं – बुधबार बिहान करिब १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अधिकारीलाई अज्ञात नम्बरबाट फोन आयो । फोनामा भनियो – ‘विमानस्थल कार्यालयमा ८ वटा बम राखिएको छ।’ जुन बम आन्तरिक विमानस्थल कार्यलयमा छ भनिएको थियो ।

उक्त फोनपछि अधिकारीहरु आत्तिए । त्यसपछि आन्तरिक विमानस्थलको सबै उडान रोकियो । त्यसका लागि थप सुरक्षाकर्मीका साथ नेपाली सेनाको टोली विमानस्थल परिसमा पुगे ।

सुरक्षा थ्रेट भएप वा त्यसप्रकारको सुचना आए विमानस्थलमा पूरै सर्च गर्नुपर्ने सिष्टम नै रहेको एक अधिकारीले बताए ।

त्यसपछि नेपाली सेनाले सबै स्थानमा जाँच गरिसकेको गर्यो तर केही फेला परेन । कुनै श‌कास्पद वस्तु फेला नपरेपछि अब आन्तरिक उडान सुरु गर्ने तयारी भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थलको सबै उडान रोकेर उड्न लागेका यात्रुहरुसमेत निकालिएकाले धेरै यात्रुहरु प्रभावित भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

10 + eighteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने