२०८३ असार ८, सोमवार
 

चंखेली छड्के : ‘कार्यालयबाट कार्यालय’- काम चोर कर्मचारीहरु समयमा आउदैनन् कार्यालय

prabhu bank home loan

काठमाडौ : नेपाल सरकारको आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकका राष्ट्र सेवक कर्मचारीहरु  समयमा नै कार्यालय नआउने गरेको पाईएको छ । चंखेली खबरले कार्यालयबाट कार्यालयमा छड्के गर्ने क्रममा यो तत्थ्य बाहिर आएको छ ।

हामीले बैंकको वेवसाइट मा उपलध गराएको प्रबक्ता गुणाकर भट्टको फोन नं. ०१४४११४०७ मा  १०ः१४ बजे  फोन गरेका थियौं तर फोन उठेन ।  हामीले फेरी मूल लाइन ०१४४१०२०१ मा फोन गरी प्रबक्तालाई माग्यौं । पुरा घण्टी बज्यो तर फोन उठेन । उनका पिएको माग्यौं, पिएको पनि फोन उठेन ।

हामीले १०ः२० मा डेपुटी गभर्नर निलम तिमल्सिनाकोमा फोन गरेका थियौं । ल्याण्ड लाईन नं. ०१४४२११९८ मा हामीले यस अघि धेरै पटक डेपुटीसँग कुरा गरी सकेका थियौं । आज उनको पनि फोन नउठेकोले उनी पनि समयमा नै कार्यालयमा नआएको पाइयो ।

हामीले १०ः२४ मा सूचना अधिकारी नारायण प्र पोखरेललाइ ०१४४१११९८ मा फोन गरेका थियौं । यसमा पनि फोन उठेन ।  उनको पनि फोन नउठेपछि उनी कार्यालयमा छैनन् भन्ने हामीले बुझ्यौ । उनको मो. नं. ९८५१०९१७२९ मा पनि फोन गरेका थियौं । उनले फोन उठाए तर केहि पनि बोलेनन् । दोस्रो पटक हामीले १०ः३८ मा पोखरेललाई फोन गर्दा उनको मोवाईल उठेन ।

१०ः३९ देखि १०ः४१ सम्म हामीले माथि उल्लेखीत ल्याण्ड लाइन नं. मा पुनः फोन गर्यौ । यो बेला पनि कुनै पनि फोन उठेन ।
काम चोर कर्मचारीहरु समयमा नै कार्यालय नआएकोमा सम्बन्धित निकायको ध्यान जाओस् ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 + eighteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने